Home | Article | Portfolio | Service | Contact
 
Gallery   Article   Download   Help
             
 
अभाव: रन्जन राज ढुंगेल

रहरै रहरमा वित्‍ने भो जीवन
रहरको अन्त्य कहिलेहोला ॥
पैसाको अभाव यथावत छदैछ
धनसम्पत्तीले मानवलाई कहिले पुग्नेहोला ॥

एउटा परिवारको कुरा गर्छु
भान्छामा पनि अभाव छ ।
सडकमा निक्लन्छु
अफिस पुग्नलाई मोटरको अभाव छ
वल्लतल्ल कोचाकोच मोटर चढ्छु
मोटर गुड्नलाई बाटोको अभाव छ ।

छोरो पढेर ठूलो मान्छे होला सोचेथें
पढ्न त पढ्यो जागिरको अभाव छ
लिएको ऋण तिर्नुपर्ने वेला भयो
खल्तिमा उही त होनी फेरि पैसाको अभाव छ

महंगी वढ्यो छोइनसक्नु नै भयो
तलव वढ्ला त्यही एउटा आश बाकी छ
श्रीमतीजीको उहीलेदेखिको फर्मास
वजारमा सुनको भाउ छोइनसक्नुछ ।

भान्जो विदेश गाको पैसा पठाउला नि त भनेको
विदेशमा पनि कामको हाहाकार छ
उल्टो पैसा माग्दै थियो भोकै भो रे
उसलाई पनि पैसाको अभाव छ ।

देशको कुरा गरु राष्ट्रपतिको अभाव छ
देश चलाउने सरकारको अभाव छ
धेरै गर्नुपर्ने छ साँचो नेताको अभाव छ
स्वार्थ नै स्वार्थको दुनियाँमा
म अनि मेरो देश संग अभावको सामिप्यता छ॥

Free Web Hosting