Home | Article | Portfolio | Service | Contact
 
Gallery   Article   Download   Help
             
 
ब्याक टु मंगलमान   -  रन्जन राज ढुंगेल

विहान साढे पाच वजे उठ, घर सफा गर, चिया बनाउँ, खाना बनाउँ, लुगामा आइरन गर, छोराछोरीलाई स्कूल जानका लागि तयार गर, खाना खुवाउँ, आफू खाना खाउ, अफिसका लागि तयार होउ, यी सधैका कि्रयाकलाप पश्चात ऋचा अफिसका लागि निस्कन्छे । तीन घण्टा लगातार गरीएका कामहरु उनको कर्तव्य हो उनको माया हो अनि ती सबै अन्तत उनकै लागि हो । विहान दश बजे अफिस पुग्नका लागि उनले कम्तिमा साढे आठ बजे घरबाट निक्लिसक्नुपर्ने हुन्छ । हस्याङ फसाङ गर्दै सडकमा निक्लिन्छिन् । सडक खाली खाली नै देखिन्छ । ल आज भने ट्राफिक जाम रहेनछ जस्तो छ भन्दै दङदास हुन्छिन् । सिमसिम पानी परेको थियो । उनलाई सिमसिम पानीमा भिज्न एकदम मनपर्छ यौवन अवस्थामा कुनै काम विना पनि सिमसिम पानीमा कहिले यता कहिले उता गर्दै आफ्नो जवानीलाई सुन्दर वर्षातमा भिजाउनु उनको सौख नै हो । अफिस जानका लागि हिडेकी भए पनि उनले एकछिन आफ्नो सौख पुरा गर्ने सोच वनाइन् अनि झोलामा छाता हुदाहुदै पनि छाता नभए झैं पानीका टल्केका थोपालाई आफ्नो मुहारमा सजाउन थालिन । एकैछिन वस नआइदिए पनि हुन्थ्यो भन्दै मन मनै पुकार्न थालिन् । गर्मीको मौसम सिमसिम पानी साच्चै मोहक थियो त्यो दृश्य । करिव १५ मिनेट जति आफ्नो सौखमा रमाएकी ऋचा अव भने आत्तिन थालिन किनकी कुनै पनि मोटर आइरहेकै थिएन । अफिसमा सबैलाई थाहा छ भक्तपुरको वाटो जाम हुन्छ तर सल्लाघारीमा वस्ने सृजना समयमै अफिसमा पुग्ने हुदा भने उनलाई अल्लि अप्ठ्यारो पर्ने रहेछ । के गर्नु आफूसंग स्कुटर छैन नत्र त म पनि समयमै अफिस पुग्थे होला । आफ्नो अभावको मनमनै गनासो गर्छिन ।

करिब आधा घण्टा पछि एक कोचाकोच मोटर आइपुग्यो । वस भित्र त परै जाओस् छतमा पनि ठाउँ थिएन । विकल्प केही नरहेको हुदा सिमसिम पानीमा भिज्दै छतमा वसेर आफ्नो गन्तव्यमा पुग्ने निर्णय गरिन । कलेजबाट ककनी पिकनिक जादा सरिताको करकापमा त्यही एक पटक वसको छतमा वसेर यात्रा गरेकी ऋचाले आज अफिस जानका लागि अरनिको राजमार्गमा एक कोचाकोच गाडीको छतको यात्रा तय गर्न बाध्य भएकी हुन् । पानी परेको हुदा छत पुरै हिलो भएको थियो । नेपाली भएपछि असार मासमा हिलोसंग घिन मान्ने त कुरा नै भएन उनी त्यही हिलोमा भएपनि थुचुक्क वसिन् । वसको छतमा अरु दुई तीन जना युवतीहरु पनि थिए । पुरानो वाटो जाने हो की भन्दै मोटरको खलासीले त सोध्दै थियो तर ड्राइभर दाईले अनकनाएका कारण मोटर अरनिको राजमार्गबाट नै लाग्यो । बरु पुरानो वाटोबाट लगे हुने नी जस्तो मनमा लागेको थियो नभन्दै श्रृजना नगरबाट नै बाटाका छेउमा तेल भर्न लामबद्ध वसेका मोटरहरुले राजमार्गको तीन लेनमध्ये एकलेन ओगटेको थियो । वल्लतल्ल तीनवटा पेट्रोल पम्प पार गरियो मोटर हनुमन्तेपुलसम्म पुग्यो तर त्याहा पुगेपछि मोटरले गुड्नका लागि ठाउ भेट्ने सम्भावना नै थिएन । किनकी एक लाइनमा त अघि देखि नै मोटरका लाइन थियो अव अर्को किनारामा पेट्रोल भर्नका लागि मोटरसाइकल र टयाक्सीका लाइन थिए । तीन लेनमा दुइ लेन पेट्रोलको लाइनले ओगटेपछि एक लेनमा आउने की जाने कसैलाई थाहाथिएन । मोटरले गति लिन नसकेपनि सिमसिम पानीले गति लियो र झम्झम् पानी पर्न थाल्यो । छाताले समेत थाम्न नसक्ने गरी पानी परयो । रंगीविरंगी छाताहरु वसका छतभरि देखिनथाल्यो । निथुक्र भिजेर पेट्रोल लाइनमा वसेका मोटरसाइकल चालकहरुको भने हरि विजोग नै भयो । हुन त ऋचा पनि वसको छतमा टुक्रुक्क वसेर वसका छतका हिला रुपि वाछिटाहरु लेपन गरिरहेकि थिइन् । घडिमा नौ वजिसकेको थियो । मोटर अटसमटस गर्न सकिरहेको थिएन । वल्लतल्ल मोटर श्यामश्याम धाम कट्दै थियो । अगाडिको मोटरले पुरानोबाटोको लागि देब्रे मोड्यो अनि पछाडिका मोटरहरुले त्यसैको अनुसरण गरयो । असारमा धान रोप्न पर्ने ठाउमा बाटो वनाइएको रहेछ त्यो पनि कच्चि । वसमा ओभरलोड थियो अनि कतै पाङ्ग्रा चिप्लियो भने ॥ । अगाडिको मोटरको पनि हालत त्यस्तै थियो । पाङगो माटो भएको वाटोमा खाडल त थियो तर कत्रो खाल्डो हो आकल गर्न गाह्रो पर्दथ्यो । त्यस्तै एक खाडलमा ऋचा चढेको मोटर फस्यो । जति जति पाङ्ग्राले गति लिन खोज्दथ्यो खाल्डोको गहिराई वढिनै रहन्थ्यो । अव त छतका सबै ओर्लने पर्ने भयो । ऋचा पनि ओर्लिइ । गजगज हिलोमा मोटर फसेका कारण उनीहरु उर्तने पर्ने ठाउ पनि हिलो हुनु त स्वभाविकै हो । लुगा त हिलाम्मे भइसकेको थियो तर उसलाई अस्ति भर्खर किनेको जुत्ताको भने एकदमै माया लाग्यो । अनि जुत्ता हातमा लिएर नाङ्गो खुट्टा त्यो गजगज हिलोमा आफ्ना कोमल पाउद्धारा हिड्न थालिन् । न त्यो हिलोमा फसेको मोटर निक्लेको थियो न त चढ्नका लागि अरु साधन नै थियो । फेरि त्यो हिलाम्मे बाटोमा हातमा जुत्ता लिएर अरनिको राजमार्ग नै फर्किएर एक भर्दभलादमी मोटरसाइकल चालकसंग लिफ्ट माग्ने विकल्प मात्र बाकी थियो । धन्न पानी रोकिएको थियो ।

घडिमा साढे नौ वजिसकेको थियो । नेपाल टेलिकमको मोवाइलले जुन वेला चाहिने हो त्यो बेलामा नेटवर्क नदेखाउनु त स्वभावकीक नै हो । सिर्जनालाई फोन गर्न खोजीकी हो ऋचाले तर मोवाइलमा नेटवर्क नभएका कारणले मावाइलमा सम्पर्क हुन सकिरहेको थिएन । लिफ्ट माग्ने कला पनि सिक्नुपर्ने भो अव त अफिस जानलाई । उसंगै उभिएकी युवतीले एउटा अधवैसेंसंग लिफ्ट मागी अनि मुस्काउदै लागी । ऋचाले मनमनै विचार गरी वूढाहरु पात्तेका हुन्छन् वरु युवकसंग नै लिफ्ट माग्नुपर्ला । अफिसका वूढाहरुले गरेका व्यवहारले गर्दा ऋचाले त्यस्तो आकल गरेकी हुनसक्छे । हुन पनि युवाहरु भन्दा वढि पात्तेका वूढाहरु नै भेटिन्छन् । जुनसुकै कुरालाई घुमाएर त्यही गिद्दे दृष्टिले हेर्ने वुढाहरुको विश्वास गर्ने वातावरण ऋचाले नदेखेकी होली । एक नवयुवकले त्यस्तो जाम वाटोमा पनि हुक्याएर मोटरसाइकल ल्याए उनले अप्ठ्यारो मानी मानी हात दिई । मोटरसाइकल रोकीयो मलाई कोटेश्वरसम्म लग्दीनोस्न् ऋचाले अनुरोध गरीन् । त्यो सवारीचालकले सहर्ष स्वीकारे । ऋचाले अन्जान मान्छेसंग मोटरसकाइलमा सवार भएको यो पहिलो घटना थियो । युवक हेर्दा नै खाइलाग्दो थियो तर उसको हकाई जिउ नै सिरिङ्ग हुने खालको । ठिमी वल्लतल्ल आइपुग्यो । सडकबाट भन्दा वढि वेसडकबाट गुडेथ्यो त्यो मोटरसाइकल । जे होस् मोटरसाइकलबाट कोटेश्वर पुग्न पाए भने अफिस सभा दशतीर पुगीनेमा ऋचा ढुक्क थिई । अव सशस्त्रको लाइन पछाडि साझाको लाइन शुरु भएथ्यो । सडकका दुई किनारमा लागेका गाडीका लाइनले सायद कौशल्टार पार नगरेसम्म छोड्नेवाला थिएन । कम मिसावट युक्त इन्धन प्राप्त हुने भएपनि मोटरका लस्करलाई देख्दा त भक्तपुरका साघुरा सडक छेउ साझा र सशस्त्रका पेट्रोल पम्प खोलिनु पनि दुभाग्य सावित भएको छ । जडिबुटि देखि सल्लाघारीसम्म मात्र पनि १२ वटा पेट्रोल पम्प छन् अनि सधै हाहकारको संख्या पाएको इन्धनले कुनै न कुनै पेट्रोलपम्पमा मोटरहरु लाइन लाग्नु पनि रहर नभई वाध्यता हो । युवकको जोशिलो हकाई हेर्दा त जिउ सिरिङ हुन्छ भने आज त ऋचा नै त्यस्तै युवाको मोटरसाइकलमा सवार छिन् । न अडेस लाग्न मिल्ने न समात्‍न मिल्ने साह्रै सकस सहितको यात्रामा थिइन ऋचा । कौशल्टारसम्म अलि अलि पानी परेको भएपनि लोहकन्थलिबाट पानीका छिटा पनि थिएनन् तर वाटोलाई पुरै धुलोले तुवालोले छोपे झै छोपेको थियो । हिलोबाट आएका मोटरहरुले गर्दा सफा सडक देख्‍न पाइने अवस्था थिएन । वल्लतल्ल धेरै हन्डर खाएर ऋचा अफिस पुगिन । अनि अफिस पुग्न नपाई ऋण शाखामा गई एक लाख रुपैयाका लागि निवेदन लेखिन् । के हो ऋचाजी स्कुटर किन्न लाग्नु भो की क्याहो ? कि शेयर खेल्ने विचार गर्नु भो ? ऋण अधिकृत वान्द्रे वूढाले सोधें । अफिसका सबै कर्मचारीले विचरा हरी वूढालाई वान्द्रे वूढा भनि उपनाम दिएका थिए । वूढा पनि उस्तै छन् सबैको खोजिनिति पस्नु पर्ने अनि आफ्नो चाही सुक्को खर्च नगर्ने अर्काको चाहि हसुर्न समेत हसुर्ने । के गर्ने त अफिस आउन जान पनि स्कुटर नभई नहुने अवस्था आयो । जे पर्ला पर्ला अव त स्कुटर किन्नु नै परयो । वरु आज अफिस विदा लिएर जान्छु स्कुटर किनी वरी सिकेर भोलि सम्ममा तयार हुन्छु । वरु छिटो गरिदिनुस्न सर ऋचाले विन्ति गरिन । बाबु तिमी कता हो एकपटक मेरो अफिसमा तुरुन्त आउ ल ऋचाले उनको भाई रमेशलाई फोन गरिन् । रमेश विचरो एकैछिनमा अफिस आइपुग्यो । किन त्यसरी फोन गरया के के न वित्या जस्तो, रमेशले सकुशल आफ्नी दिदिलाई देखेर करायो । स्कुटर किन्नलाई वोलाको ॥ । लौन के भन्छे यो यो पेट्रोलको अनिकालमा भएको मोटरसाइकल त वेचुकी जस्तो भा छ । यसलाई चाही स्कुटर किन्नुपर्ने ओई कसरी हाल्छेस नी पेट्रोल ? रमेशले वर्तमान अवस्थाको अवगत गरायो । जसरी भएपनि हालुला । ऋचाको सहज उत्तर आयो ।

वाटामा पाएको सकसले गर्दा ऋचाले रातो राम्रो स्कुटर त किनी । उसले पहिला नै स्कुटर सिकिसकेकीले चलाउन गाह्रो भएन । दुईदिन त भाइले हालिदिएको तीन लिटर पेट्रोलले स्र्माट गर्ल भएर सरर स्कुटरमा अफिस आते जाते गरिन तर तेस्रो दिन स्कुटरलाई आवश्यक पर्ने पेट्रोल नपाएर वल्लतल्ल १७५ मा एक लिटर पेट्रोल हालेर अफिस गईन । चौथौ दिन आज त जताबाट पनि पेट्रोल हाल्छु भनेर विहान ४ वजे नै उठेर खाना वनाइसकेर ५ वजे सशस्त्रको पेट्रोल पम्पमा लाइन वस्न गईन । उनी पुग्दा सभा पाच हुदो हो तर त्यसवेला पनि करिव सयवटा जति मोटरसाइकल लामबद्ध भैसकेका थिए । विहान ७ वजेपछि मात्र पेट्रोल वाड्नॆ सशस्त्र पेट्रोल पम्पले त्यस दिन सभा सातसम्म पनि पेट्रोल वाडेन । आठ वजेसम्म पनि वाडेन ऋचा पहिलो पटक अत्यास लाग्दो पेट्रोल पम्पमा लाइन वसेकी थिइन् । सभा सात वजे त छोरो पनि उठिसक्छ के गर्दै होला ? विचरी ऋचालाई टोक्नु न वोक्नु हुन्छ । लाइन छोडेर जाउ भने अफिस पुग्नलाई तेल छैन पर्खु भने तेल वाड्ने सुरसार छैन । साढे आठ वजेसम्म त धैर्य धारण गरेर वसिन् तर तेल वाड्ने शुरसार नै थिएन । वाक्क भएर विना तेल ऋचा घर फर्किन । घरमा खाना पाके पनि लथालिङ्ग थियो । विहान विहान उठेर गरेको मिहनेत सफल नभएपछि मान्छेमा असन्तुष्टि जाहेर हुनु त स्वभाविक थियो । तैपनि हतार हतार छोरालाई स्कुलका लागि तयार पारेर ऋचा खाना सम्म नखाई उही कोचाकोच वसको इन्तजारमा सडकमा उभिरहेकी छिन् । उनको चमक उनको शान आज व्याक टु मंगलमान ।