Home | Article | Portfolio | Service | Contact
 
Gallery   Article   Download   Help
             
 
काठमाण्डौंमा मेरो घर   -  रन्जन राज ढुंगेल

करिब १० वर्ष अगाडिको कुरो हो । एउटा ठिटो भर्खर एस.एल.सी. सकाएर काठमाण्डौं छिरेको थियो । गाउँबाट शहर पस्दा आफूलाई गौरवान्तित ठान्ने चलन थियो उसबेला । घरमा वसेर अलमल्लेला भर्खर शुरु भएको त्रास अनि भयमा समावेश होला अर्थात जंगल पस्नुपर्ला भनेर बाले दुई हजार ऋण लिएर त्यो ठिटोलाई काठमाण्डौंमा पढ्न पठाउनुभएथ्यो । राधे त काठमाण्डौं जा घरको चिन्ता नगर सकेसम्म पढ् नसके यसो दुईछाक खाने व्यवस्था गर भनेर एकाविहानै वाले राधेश्यामलाई गोठालोबाट फर्कने वित्तिकै भन्नुभयो । हुन त एस.एल.सीको परीक्षाफल भर्खर निस्केको थियो । उसलाई काठमाण्डौं भन्दा सदरमुकाम सिन्दुलीमाढीमा वसेर पढ्न मन थियो । तर राधेका वाले काठमाण्डौंको सपना देखाइदिए पछि उसले त्यो ठूलो शहरमा आफ्नो जिन्दगीलाई साकार वनाउने सपना वुन्यो । करिब ६ महिनासम्म त राधें अलमल्लमा पर्‍यो । हातमा किताब बोकेर विहान गाई गोठाले गएर वेलुका खेतबारीमा काम गर्दै पक्का गाउँले जीवन विताएको मान्छेलाई काठमाण्डौंको चहलपहलले विचलित बनायो । विस्तारै विस्तारै काठमाण्डौंको हावा पानीमा घुलमिल हुन थाले पनि गाउँको रहनसहन भन्दा माथि उठ्न पाएकोमा ऊ गद गद थियो । शुरुका एक महिना त गाउँका ठूलेदाईको कोठामा गुजारा चलाए पनि पछि आर।आर क्याम्पसका तीन जना साथी मिलेर रु पाँचसयमा कोठा भाडा लिई वस्ने व्यवस्था मिलायो । उसको भागमा रु २०० परयो किनकी वत्तीको छुट्टै एकसय रुपैया जति तिर्नुपर्दथ्यो । उसका वाले घरवाट पैसा पठाउन सक्ने अवस्था थिएन अनि उसको लागि दुई सय जुटाउनु पनि गाह्रो काम थियो । दिउसो कलेज गए पनि विहान वेलुका काम गरी दुईचार सय कमाउनुपर्ने नै भयो । त्यसपछि राधेले एउटा स्टेशनरीको पत्रिका विहान विहान घरघरमा पुर्‍याइदिने काम पायो । जसबाट महिनामा पाचसय रुपैया प्राप्त हुन्थ्यो । उसले दुईसय कोठा भाडा र तीनसय खान र पढ्नका लागि छुट्याएको थियो । यसरी दुःखजेलो गरि समय विताउदैं जाँदा एउटा अर्धसरकारी कार्यालयमा खरिदारको जागिर पायो त्यो पनि मितबालाई सोर्सफोर्स लाएर।

खल्तिमा सुक्का नहुदा पनि एउटा रहर भने जमेको थियो उसको मनमा काठमाण्डौंमा सानो चिटिक्कको घर बनाउने । मिठो भन्दा पनि भोक मेटाउनका लागि खानुपर्ने अवस्था थियो उसको । साथीहरुले ५० रुपैया भन्दा वढीको खाजा खाएको देख्दा राधेको मन पनि दिग्दार त हुन्थ्यो तर काठमाण्डौंमा घर बनाउने उद्देश्यले गर्दा मात्र रु १० सम्मको खाजाको वजेट थियो । रु १० मा खाजा यो अवस्थामा अल्लि अपत्यारीलो नै थियो । उससंग एउटै शाखामा एउटै पदमा कार्यरत साथीहरु कमसेकम दिनमा रु ४० बराबरको खाजा खान्थे । एक कप कालो चिया र तीन पीस पाउरोटी एकप्लेट तरकारी र चिउरा एउटा सेल र तरकारी एउटा समोसा र तरकारी राधेको खाजाका मेनु थिए । के गर्नु काठमाण्डौंमा जन्मेको भए आफ्नो घर हुन्थ्यो अनि घर बनाउनका लागि राधेले पनि आफ्नो पेट काट्नु पर्ने थिएन । काठमाण्डौं नै घर भएकाहरुले त भएका आफ्ना जग्गा वेच्दै आलिसान महल बनाउने गर्छन अनि ५० त के सय रुपैयाको नै खाजा खान्छन् तर विचरा राधे आफ्नो गाउका पाखा वारी संझेर दिक्क मान्छ । गाउँका जग्गाको त्यस्तै भाउ आउदो हो त हामी पनि यसरी नै खाजा खानथिम होला नी । फेरी आफ्नो अफिसमा औला घुमाउने ठाउ पनि छैन । सिधा चोखो तलब तैपनि उसल आफ्नो उद्देश्य चाहि भुलेको छैन काठमाण्डौंमा एउटा चिटिक्कको घर । वेलावेलामा राधे एक्लै वरबराउँछ । राधे हामी जस्तै मान्छे हो तर उसको काठमाण्डौंमा एउटा घर बनाउने उद्देश्यले गर्दा उ हामी भन्दा अल्लि असाधारण नै देखिन्छ । उसले कसैलाई पैसा खर्च गरेर अहिलेसम्म केही खुवाएको थाहाछैन । वल्लतल्ल जागिर खाएको छैठौं वर्षमा सन्चयकोष सरसापटबाट तीन आनाको जग्गा त किन्यो तर त्यसमा चारकोठाको घर बनाउने उद्देश्य बाकी नै थियो । सत्तरीहजार आनामा किनेको जग्गाको मोल पोहोर साल एकलाख सत्तरी हजार पुगेछ । त्यो जग्गालाई वेच्ने विचार गरें अनि एकलाख पचहत्तर हजार प्रति आनामा त्यो जग्गा हुत्याएछ। अनि लगत्तै फेरि त्यो पैसाले एकपचासमा चार आना जग्गा किनेछ । दुई महिनामा नै त्यो जग्गाको मुल्य दुई लाख प्रति आना पुग्यो अनि उसले फेरि त्यो जग्गा हुत्ताएछ अनि अल्लि मास्तिर गाउतिर पाच आना जग्गा किनेंछ । एकवर्षमा नै त्यो जग्गाको भाउ पनि यसरी वृद्धि भयो की एकपचास प्रति आनामा किनेको जग्गाको मोल रु दुईपच्चिस पुग्यो । यस पटक भने जग्गा वेचेको पैसाबाट घर किन्ने सोच वनायो । उसले सोच मात्र वनाएर एउटा दुइटा साथीलाई भनेको थियो । वाटो नक्सामा दश फुटको छ रेखाङ्कन भैसकेको छ २० लाख रुपैया भन्छ किन्ने हो भन्दै एक सहजकर्ता दलाल उसकहा आइपुग्यो । हुन्छ हेर्न जाउँ न त भनेर घर हेरयो । साढे अठार लाखमा कुरो मिलायो । घर किन्नका लागि उसंग जग्गा वेचेको पैसा नै काफी थियो । तैपनि उसले साथीहरुलाई ५ लाख रुपैया हाउस लोन लिए भनेको थियो । उसले दुई छाक राम्ररी नखाई नखाई जम्मा गरि किनेको ३ आना जग्गाले नै उसको काठमाण्डौंमा घर किन्ने उद्देश्य पुरा गरयो । घर एकतले थियो चारकोठा एउटा सटर पनि थियो । आफ्नी गृहणीलाई सानोतिनो काममा पठाउनुको साटो उसले त्यस सटरमा पसल थाप्ने सोच बनाएपनि गृहणीले घरलाई भाडामा दिने सल्लाह दिइन । त्यो पनि ठिकै लाग्यो । आखिर एकतलामा तत्कालै वस्नुभन्दा तला थपेपछि सरेपनि भैहाल्यो नी । हुन त अफिसले अरु कुनै सुविधा उपलब्ध नगराए पनि आफ्नो परिवारका छहारीका लागि दुईकोठाको टहरो व्यवस्था गरिदिएकै थियो । उसले बैंकबाट ५ लाख रुपैया ऋण लिएको भए १२ प्रतिशतको दरले वुझाउनु पर्ने रकम बरावरको रकम आफ्नो मासिक तलबबाट काटेर भविष्यका लागि जम्मा गर्ने विचार गर्‍यो । त्यो उसको हुर्किदै गरेको छोरोको पढाई खर्चका लागि थियो । तर उसको जीवनका गति भने समान नै भयो । उसको खाजामा हुने खर्च वा उसको महिनावरी खर्च भने यथावत नै रहयो । उसले मासु किन्न नसकेर वा वजेटले नभ्याएर भेजिटेरियन भएको थियो । त्यसवेला उसले आफूले आफूलाई धिकारेको थियो तर स्वास्थ्यका हिसावले पनि भेजिटेरियन हुनु लाभदायक भएको हुदा उसको सिंगो परिवारलाई नै भेजिटेरियन बनाई छोडयो । तर कान्छो छोरोलाई भने मासुको मोहले छोडेन । कहिले काही भोज सोजमा जादा त्यसले मासु खाएको देख्दा भने उसले ठूलै भुल पो गरेछु की जस्तो लाग्थ्यो । तर पैसा पनि वचत हुने अनि स्वास्थ्यका हिसावले पनि राम्रो काम गरेकोले भने सन्तोष लाग्दथ्यो । महिनामा उसको ९ हजार रुपैयामा ३ हजार बैंकलाई बुझाउने बहानामा उसले पैसा वचत गर्नुपर्ने वाध्यता सिर्जना गर्यो ।

घरमा पुजा पाठका दिन आफ्ना आफन्तजन र उसको साथीहरु मालपोतका सुब्बा रमेश नापीका अमिन दुनाजन स्कूलका शिक्षक हरि अनि किराना पसल चलाएका नविनलाई बोलाए ।रमेश, दुनाजन,  हरि अनि नविन एकै कक्षाका साथी थिए सर्टिफिकेट लेभलका । पाचै जना दुइवटा कोठामा वस्थे एउटै घरमा । रमेशले लोकसेवामा कडा मिहेनत गरी नाम निकालि छोड्यो । उसले कमसेकम पाच पटक परीक्षामा सामेल भयो क्यारे । त्यस्तै अमिनको तालिम प्राप्त गरि दुनाजनले पनि लोकसेवा लड्यो अनि हरि चाहि मास्टरसाहेव वने । नविनले चाहि पढाईलाई भन्दा पनि प्रेम गरेर उन्नति गरे उनले हामी वसेकै घरभेटि की छोरी पट्याएर विवाह गरि त्यही घरमा पसल चलाए । राधे चाहि एउटा अर्धसरकारी कार्यालयमा सोर्स फोर्समा भर्ना भयो । मालपोत र नापीशाखाका साथीले त काम गरेको पाच वर्षमै आफ्ना आफ्ना इच्छा पुरा गरे अनि महल खडा गरे । हरि गुरु पनि के कम थिए र स्कूलको ७ हजार तलब भए पनि ट्युसन मार्फत कमाएको धनको सदुपयोग गरे अनि वालकोटमा घर बनाए । नविनलाई त घरको दुःख नै भएन ससुरावाजेले नै जग्गा अनि घर किनिदिए । वस पसल चलायो आफ्नो जीवीकापार्जन गरेपुग्यो । पुजा सकिन नपाई हरि गुरुले सोधे यतै सरीहाल्ने की के विचार छ तिम्रो । हैन हैन दुईचार वर्ष भाडामा दिनुपर्ला । हुन्छ हुन्छ तिम्रा घरमा वस्नेको पनि हाम्रो जस्तै सपना साकार होस् । घरभाडामा नदिए के गर्नु बैंकको ऋणको अलिकति भरथेक त गर्नुपरयो नी । नत्र कसरी भ्याउनु । छोरो पढाउनै लाग्छ चार हजार । तिमीहरुको पो आनन्द छ । छाड्दे जस्तो जस्तो कमाई हुन्छ त्यस्तै खर्च हुने हो तेरो छोरो पढाउन चार हजार भन्छस् आफ्नो त छोरा छोरी पढाउनै १२ हजार लाग्छ यार । के गर्नु अझै टुयसन पढाउनै परयो नत्र हरि मास्टरसाहेव हरुको आय घटिहाल्छ । तर यार जे भए पनि हामी पुचै जनाको काठमाण्डौंमा घरको सपना भने पुरा भयो । रमेशको मालपोतको कमाई दुनाजनको अमिनको जागिर हरि गुरुको ट्युसन फि र मेरो ३ आना जग्गाले हामीलाई नेपालको मुटु काठमाण्डौंमा घर बनाउने हाम्रो सपना साकार बनायो । धन्न उसले खाईनखाई जोडेको ३ आना जग्गा …। । १० वर्ष अगाडि झुत्रे कमीज अनि एकजोर पाइन्टमा भित्रेका हामीले पनि सम्भावनानै नभएको सपना साकार बनायौं। होला कसैलाई गाह्रो भयो तर काठमाण्डौंमा घर बनाउने हाम्रो लक्ष्य पुरा भएको उपलक्ष्यमा आज राती यसो जमघट गरौ नविनले पकाएको कुखुराको मासु हरिले बनाको मुलाको अचार नखाएको पनि धेरै भयो । म विदेशी एक वोतल ल्याउला हुन्न मालपोतको सुब्बाले प्रस्ताव राख्यो । वरु त्यही घरभेटिको त्यही कोठा एकदिनलाई भाडामा लिने हो की क्या हो ।